News

Oct 16, 2009

एक महिनाभित्रै संविधान लेख्न सकिने - रवीन्द्र श्रेष्ठ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काभ्रे, २९ असोज सामान्य प्रशासनमन्त्री रवीन्द्र श्रेष्ठले एक महिनाभित्रै संविधान लेख्न सकिने बताएका छन् । संविधान निर्माणका लागि लामो समय नलाग्ने बताउँदै उनले यसका लागि दलहरूबीच सहमति हुनुपर्ने बताए । 'संविधान लेख्ने समयसीमा आठ महिना बाँकी छ,' उनले भने, 'तर, दलहरूबीच सहमति भए आठ महिना होइन, एकै महिनामा संविधान बन्छ ।' अहिलेसम्म संविधान लेखनको ५० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले ठूला दलहरू कुर्सीको खिचातानीमा व्यस्त भएकाले असमझदारी बढेको आरोप लगाए । 'हाम्रो पार्टी कुर्सीको खेलमा लागेको छैन,' पुराना कम्युनिस्ट आन्दोलनकारीलाई बिहीबार धुलिखेलमा सम्मान गर्दै मन्त्री श्रेष्ठले भने, 'पहिलो र दोस्रो ठूलो दल कुर्सीको खेलमा नलागे आठ महिनामा धेरै काम गर्न सकिन्छ ।' माओवादीले काम गर्न नसकेकाले एमालेले बहुमतको आधारमा सरकार सञ्चालन गरिरहेको दाबी गर्दै मन्त्री श्रेष्ठले बहुमत पुर्‍याएर सरकारको नेतृत्व गर्न माओवादीलाई चुनौतीसमेत दिए । 'नाँच्न नजान्ने आँगन टेढो भनेजस्तै माओवादी आफू काम गर्न सक्दैन र अरूलाई दोष दिन्छ,' मन्त्री श्रेष्ठले भने । द्वन्द्वकालमा जस्तो धम्की र जालसाजीको भरमा माओवादी सत्ता प्राप्त गर्न लागिपरेको आरोप मन्त्री श्रेष्ठले लगाए ।

No comments: