News

Oct 16, 2009

माओवादीले चलचित्रकर्मी सुरज सुब्बालाई निलम्बन गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज २९ माओवादी निकट 'अखिल नेपाल चलचित्रकर्मी संघ'ले केन्द्रिय सदस्य सुरज सुब्बालाई निलम्बन गरेको छ। 'नेपाल चलचित्र निर्देशक समाज'को चुनावमा अध्यक्षका उम्मेदवार केपी पाठकको साटो नरेश पौडेललाई सहयोग गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। चार दिनअघि आफूलाई निलम्बन गरेको जानकारी पाएको सुब्बाले बताए। उनले नागरिकसँग भने,'पार्टीले केपीजीलाई आधिकारिक उम्मेदवार बताएको भए सहयोग गरिन्थ्यो। सुरुमा त्यसो भनिएन। व्यक्तित्वका हिसाबले मलाई पौडेलजी ठीक लागेकाले सहयोग गरेको हुँ।' उनले आफू पार्टीको निर्णय विपरीत नगएको बताए।
सुब्बाले पार्टीको निर्णय नमानेको आरोप संघले लगाएको छ। उनले अनुशासन समेत उल्लंघन गरेको अध्यक्ष शिवजी लामिछानेले बताए। 'हामीले बैठक र निर्वाचनस्थलमा समेत उनलाई सम्झाएका हौं। तर, उनले सक्रियतापूर्वक पौडेलको पक्षमा लबिङ गरे,' लामिछानेले भने। आगामी गतिविधि हेरेरे कारवाही फुकुवा मिति टुंगो लगाउने उनले बताए।भदौ २७ मा भएको चुनावमा दुवै अध्यक्षले बराबर मत प्राप्त गरेका थिए। कात्तिक ७ गते अध्यक्षको निर्वाचन पुनः हुँदैछ।

No comments: