News

Oct 29, 2009

भूपू गोर्खाहरु वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ११ - बेलायती साम्राज्यका लागि करिव दुइ सय वर्षको बफदारीपूर्ण सेवा गरेका गोर्खाहरु फेरी तिनै वेलायती सरकारको बिरुद्ध उच्च अदालतमा पुगेका छन् ।बेलायती सैनिक बराबरको पेन्सन माग गर्दै गोर्खाहरुले मंगलबार बेलायती उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । त्यसमा यस पटक गोर्खा अभियानमा सहभागी जोहन लुम्लेलगायतले साथ दिएका छन् ।बेलायतले हङकङ छाडेको समय सन् १९९७ भन्दा अघि अवकास पाएका पूर्व गोर्खाहरुको पेन्सन बेलायती समकक्षीको बराबर हुनुपर्ने माग रिट निवेदनमा रहेको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।बेलायती समकक्षीको तुलनामा ति गोर्खाहरुले एक तिहाई मात्र पेन्सन सुविधा पाउदै आएका छन् । मुद्दाको अगुवाई गोर्खा वेलफेयर सोर्साईटीले गरेको छ । सोसाइटीका अनुसार हाल यसरी विभेदमा २४ हजार पूर्व गोर्खाहरु र तिनका आश्रति रहेका छन् ।यसअघि गोर्खा भूतपूर्व संघले पनि यसअघि सन् २००४ मा पनि गोर्खाहरुलाई समान अधिकारको माग गर्दै बेलायती उच्च अदालतमा मुद्दाहरु दायर गरेको थियो । त्यस मध्ये समान पेन्सनबाहेक युद्धबन्दीहरुको क्षतीपूर्ती, बेलायतमा बसोबासलगायतका मुद्दाहरु जितेको थियो । गत बर्ष गोर्खाहरुले बेलायतमा बसोबास सम्बन्धी मुद्दा जितेपछि पूर्व गोर्खाहरु त्यता जाने लहर नै चलेको छ ।

No comments: