लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३नोभेम्बर,२००९, राष्ट्रिय जनमोर्चा अन्तरिम संविधानमा संसदबाट संघीयताको घोषणापछि लगातार गणतन्त्रको सुदृढीकरण राष्ट्रियताका निम्ति र संघीयताको खारेजको लागि पुन संघर्षमा उत्रिने भएको छ । त्यस अन्तर्गत प्रथम चरणको २०६५ आश्विन १२ को नेपालबन्द र दोस्रो चरणको २०६६ बैशाख ५ देखि १५ सम्म काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको जनमोर्चाले तेस्रो चरण अन्तर्गतको भाद्र २० देखि पौष १६ सम्मको कार्यक्रममा केही परिवर्तनसहित कार्यक्रम ठेगान भएको जनाएको छ । जनमोर्चाले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार यही मंसिर ५ गते सीडीओ कार्यालयमार्फत देशभरीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र, मंसिर ७ गते बिहान १० बजेदेखि ११ बजेसम्म एकघण्टा देशव्यापी चक्काजाम, मंसिर ८ गते व्यापक जनसहभागितामा सीडीओ कार्यालय घेराउ र सभाको आयोजना गर्ने साथै विभिन्न क्षेत्रहरुमा बेग्लाबेग्लै मितिमा क्षेत्रीय आमहडतालको आयोजना गर्ने रहेको छ । त्यस अन्तर्गत पौष ३ गते गण्डकी धौलागिरी, पौष ५ गते राप्ति लुम्बिनी, पौष ७ गते नारायणी, पौष ९ गते पूर्वाञ्चल, पौष १२ गते सेती महाकाली पौष १४ गते भेरी कर्णाली पौष १६ गते उपत्यकामा आम हडतालको आयोजना गरिने उक्त पार्टीले जनाएको छ ।
No comments:
Post a Comment