लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
घोराही, दाङ, दाङमा सोमबार राति एक माओवादी कार्यकर्तामाथि गोली प्रहार भएको छ। पुरन्धारा- ९ स्थित आफ्नै घरमा बसिरहेको बेला माओवादी एरिया समिति सदस्य गम्बरचन रोकाय (पृथ्वी) माथि गोली प्रहार भएको माओवादी दाङले जनाएको छ। अज्ञात समूहले पेस्तोलबाट गोली प्रहार गरेको र चारवटा गोली लागेको बताइएको छ। घाइते रोकायको हाल भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। यसैबीच माओवादी दाङका सेक्रेटरी सुवास पुनले प्रेस विज्ञप्ति जारी गरी घटनाको भर्त्सना गर्दै हत्यारालाई पक्राउ गरेर कारबाही गर्न माग गर्नुभएको छ। सो क्षेत्रमा केही दिनयता पूर्वराजावादीहरूको चलखेल रहेको भन्दै माओवादीले गोली प्रहारमा उनीहरूकै संलग्नता रहेको हुन सक्ने आशंका गरेको छ।
No comments:
Post a Comment