लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काबुल, कात्तिक १६ हमिद कार्जाइ अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा निर्वाचन अधिकारीहरूले गरेका छन्। उनीहरूले दोस्रो चरणको मतदानको योजनालाई समेत रद्द गरेका छन्। कार्जाइका एक मात्रै प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहले प्रतिस्पर्धा त्यागेको एक दिन पछि स्वतन्त्र निर्वाचन आयोगले यस्तो घोषणा गरेको हो। डा. अब्दुल्लाहले प्रमुख निर्वाचन अधिकारीको खोसुवा गरिनुपर्ने माग गरेका थिए। उनका विचारमा ती अधिकारीले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन नसक्दैनन्। अगस्तमा भएको पहिलो चरणको निर्वाचनमा व्यापाक धाँधली भएको थियो। 'हामी घोषणा गर्दछौ हमिद कार्जाइ, जसले पहिलो चरणमा बहुमत भेट ल्याएका थिए र दोस्रो चरणमा एक मात्रै उम्मेदवार रहेकाले, निर्वाचित भएको घोषणा गर्दछौं,' निर्वाचन आयोगका प्रवक्ता अजिजुल्लाह लुदिनले सोमबार आयोजित पत्रकारमा भने।उनले शनिबार आयोजना हुने दोस्रो चरणका मतदान पैसा जोगाउन रद्द गरिएको बताए। राष्ट्रपति कार्जाइले पहिलो चरणमा साढे ४९ प्रतिशत मत प्राप्त गरेको थिए। पहिलो चरणमा निर्वाचन आयोगले पहिलो चरणमा ५४ प्रतिशत मत प्राप्त गरेको बताएको थियो। तर राष्ट्र संघले निर्वाचनका अनियमिताको छानविन गर्न गठन गरेको निर्वाचन अनियमिता छानविन आयोगले निर्वाचनमा धाँधली भएको बताउँदै केही मत रद्द गरेको थियो। जसको कारण कुनै पनि उम्मेदवारले निर्वाचित आवश्यक पर्ने ५० प्रतिशत मत प्राप्त गर्न सकेका थिएनन्।
No comments:
Post a Comment