News

Nov 7, 2009

सरकार र किराँत वर्कस पार्टीबीच अनौपचारिक वार्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७नोभेम्बर,२००९, शान्ति तथा पुनर्निमाण मन्त्री रकम चेम्जोङ र किराँत जनवादी वर्कस पार्टी वार्ता टोलीबीच आज अपरान्ह अनौपचारिक वार्ता हुने स्रोतले जनाएको छ । आज अपरान्ह ४ बजे मन्त्री निवास, हरिहरभवनमा मन्त्री चेम्जोङ र वर्कस पार्टीका तर्फबाट वार्ता टोली संयोजक सुमन बान्तवा, सदस्यहरु ओम मिश्र लगायत सहभागी हुने स्रोतले जनाएको छ । किराँत जनवादी वर्कस पार्टीले केही महिना अगाडि उपराष्ट्रपति परमानन्द झाको निवास, गौरीघाटमा बम विष्फोट गराएको थियो ।

No comments: