लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कात्तिक २० -बाइस दलले एकीकृत माओवादीको अवरोधका बीच संसदबाट बजेट पारित गराउन सरकारलाई निर्देशन दिएका छन्। ती दलको सिंहदरबारमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले बजेट पारित गर्न माओवादीसित सहमति हुन नसकेमा त्यो विकल्पबाट बजेट पारित गर्न सरकारलाई निर्देशन दिएको हो। बैठकले अध्यादेश नल्याईकनै सदनको ध्वनि बहुमतबाट बजेट पारित गराउन सुझाव दिए। सद्भावनाका अध्यक्ष एवं वाणिज्यमन्त्री राजेन्द्र महतोले २२ दलले सरकारलाई माओवादीको अवरोधकै बीच संसद्बाट बजेट पारित गराउन सरकारलाई निर्देशन दिएको जानकारी दिए।'लोकतन्त्रमा बहुमतलाई अल्लमतले बन्धक सक्दैन। बनाउने हो भने लोकतान्त्तिक मूल्यमान्यता मात्र समप्त हुने होइन कि, लोकतन्त्रकै धज्जी उड्छ' वाणिज्य मन्त्री राजेन्द्र महत्ताले नागरिकसित भने, 'त्यसैले २२ दलले संसदीय मूल्यमान्यता र संसदीय प्रक्रियाअनुसार बहुमतबाट बजेट पारित गर्न निर्देशन दिएको हो।' सभामुख सुवास नेम्वाङले भने सहमतिबाट बजेट पारित गराउनुपर्नेमा जोड दिंदै आएका छन्।नेपालको संसदीय इतिहासमा विपक्षीबिनाको सदन नचलेकाले सकभर सहमतिका आधारमा बजेट पारित गर्नुपर्ने उनको धारणा छ। दलहरूको बैठकमा मंसिर मसान्तसम्म सरकारसित तलब खुवाउने रकम भएको जानकारी गराइएको थियो। 'मंसिरसम्मको तलबमा कुनै समस्या छैन, तैपनि सरकारले कात्तिकभित्रै सहमतिका आधारमा बजेट पारित गर्ने नीति बनाएको छ' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राजेन्द्रकुमार राईले नागरिकसित भने, 'त्यसको सजिलो विधि भनेकै ध्वनि मतबाट बजेट पारित गराउनु हो।'यसअघि कात्तिक १३ गते सरकारमा सहभागी १० दल शीर्ष नेताको बैठकले सदनबाटै बजेट पारित गर्नुपर्ने निर्णय गरेको थियो। 'सरकारको सदनमा ६० प्रतिशत बढी उपस्थिति छ, माओवादीले प्रजातान्त्रिक पद्धतिमा बहुमतको निर्णय स्वीकार नगर्ने कुरा घोर अलोकतान्त्रिक मानसिकता हो।', उप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारले भनेका थिए, 'उनीहरू(माओवादी) ले नारा दिएर अवरुद्ध गर्छन्, हामी पनि नारा दिएरै संसद चलाउँछौं।'
No comments:
Post a Comment