लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०४नोभेम्बर,२००९, एकीकृत माओवादीले आज दोस्रो चरणको आन्दोलनको चौंथो दिन देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने क्रममा केही जिल्लामा प्रहरी र माओवादी कार्यकर्ताहरुबीच झड्प भएको छ । प्राप्त समाचार अनुसार सुनसरीको इनरुवामा प्रशासन कार्यालय अगाडि धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले कार्यालयको मूल ढोका फोरेर भित्र पस्ने कोशिश गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा प्रहरी र माओवादी कार्यकर्ताहरुबीच भएको झड्पमा ६ प्रहरीसहित एक दर्जन माओवादी कार्यकर्ता घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । यस्तै नुवाकोटमा विदुरमा पनि प्रहरी र माओवादीबीच झड्प भएको छ । राष्ट्रपतिको कदम सच्चिनुपर्ने, वर्तमान सरकारको विघटन र आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारको माग गर्दै आन्दोलनमा उत्रिएको माओवादीले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिईरहेको छ ।
No comments:
Post a Comment