लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालको यौनबजारमा चिनियाँ, रसियन, भारतीय, प्यालेस्टिनी युवतीसमेत सक्रिय रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार ६ महिना अघिदेखि नेपाली यौनबजारमा विदेशी यौनकर्मीको संख्या बाक्लिँदै गएको देखिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख नवराज सिलवाल काठमाडौंको यौनबजारमा चिनियाँका साथै भारतीय, प्यालेस्टिनी र रसियन युवतीको सक्रियता बढेको बताउँछन् । उनी भन्छन्, 'चिनियाँ युवतीझैं संगठित रूपमा नै अन्य देशकाहरू सक्रिय भएको भने देखिएको छैन ।'प्रहरीका अनुसार चिनियाँबाहेक अन्य राष्ट्रबाट आउने यौनकर्मीहरू नेपालमा रहेका उनीहरूका एजेन्टबाट माग आएपछि नेपाल भित्रिने गरेका छन् । उनीहरू निक्कै गोप्य रूपमा नेपालमा आउने र स्वदेश र्फकने गरेको प्रहरीको दाबी छ । विदेशी यौनकर्मी मगाउने एजेन्टहरूले एयरपोर्टदेखि नै उच्च सतर्कता अपनाएर उनीहरूलाई सम्बन्धित स्थानमा ल्याउने र पुर्याउने गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरी स्रोत विदेशी यौनकर्मी महिला नेपाल आएको बारेमा सूचना आउने गरे तापनि विदेशी यौनकर्मी महिलालाई नेपालमा मगाउने धन्दामा उच्च र शक्तिशाली वर्गको संलग्नता हुने गरेको र निक्कै गोप्य रहने गरेकाले तत्काल कारबाही नगरिएको दाबी गर्छ । स्रोतले भन्यो, 'उनीहरू नेपाल भित्रिएदेखि नै हामीलाई जानकारी त हुन्छ, तर निक्कै गोप्य हुने र विदेशबाट आउने यौनकर्मीसमेत हाइप्रोफाइलका हुने भएकाले प्रमाण जुटाउन मुस्किल भएकाले हात हालिसकेका छैनौँ ।' प्रहरी महँगा होटल अनि मुख्यतया क्यासिनोले ग्राहकको डिमान्डअनुसार विदेशी यौनकर्मी मगाउने गरेको दाबी गर्छन् ।
No comments:
Post a Comment