News

Nov 7, 2009

सम्पूर्ण जातीलाई आत्मनिर्णयको अधिकारसहित अग्राधिकार दिनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७नोभेम्बर,२००९,एकीकृत माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले जातीय, क्षेत्रीय, भाषिक स्वायत्त बिना संघीय राज्य बन्न नसक्ने बताउनुभयो । उहाँले सम्पूर्ण जातीलाई आत्मनिर्णयको अधिकारसहित अग्राधिकार दिनुपर्ने समेत बताउनुभयो । माओवादी निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आज काठमाडौं क्षेत्र नं ७ मा आयोजना गरेको नेवाः स्वायत्त गणराज्यको विशेषता र स्वरुप बिषयक अन्तरक्रियामा बोल्दै माओवादी उपाध्यक्ष डा. भट्टराईले भौगोलिक रुपमा स्वतन्त्र राज्यभन्दा स्वायत्त राज्य बनाउनुपर्ने बताउनुभयो । उहाँले जनमत संग्रहबाट संघीय राज्यको निर्धारण गर्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले प्रमुख दलहरु संघीय राज्य व्यवस्थाका बारेमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

No comments: