लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ कात्तिक,काठमाडौंमा २४ देखि २६ कात्तिकसम्म अन्तर्राष्ट्रिय बायोग्यास सम्मेलन हुने भएको छ ।
सम्मेलनमा नेपाल, भारत, जर्मनी, नेदरल्यान्डलगायत २५ मुलुकका एक सय ५० जना सहभागी हुनेछन् । सम्मेलन समापनमा राष्ट्रपति रामवरण यादव प्रमुख अतिथि हुने बताइएको छ ।सम्मेलनका क्रममा लघुव्यापारिक प्रदर्शनी आयोजना हुनेछ । नेपाल, चीनलगायत मुलुकका बायोग्यास निर्माता कम्पनीले प्रदर्शनीमा भाग लिनेछन् ।नेपालमा घरायसी प्रयोगका लागि बनेका बायोग्यास प्लान्टको संख्या गत साउनसम्म दुई लाख चार हजार पाँच सय पुगेको छ । यसबाट ९२ लाख २७ हजार मानिस लाभान्वित भएका छन् भने करिब ११ हजारले रोजगारी पाएको नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी)ले जनाएको छ ।सन् १९९२ मा सरकार र नेदरल्यान्ड सरकारको संयुक्त प्रयासबाट बायोग्यास क्षेत्र सहयोग कार्यक्रम सुरु भएको थियो । सन् १९९७ मा जर्मन सरकारका तर्फबाट जर्मन विकास बैंक केएफडब्ल्युले पनि यस कार्यक्रमलाई अनुदान तथा ऋण सहयोग उपलब्ध गराउन सुरु गरेको थियो ।कार्यक्रमको कार्यान्वयन सरकारी निकाय वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ भने प्राविधिक सहयोग एसएनभी नेपालले प्रदान गर्छ । यसैगरी बिएसपी नेपालले कार्यक्रम लागू गर्छ । बायोग्यास निर्माण निजीक्षेत्रका कम्पनीले गर्छन् ।

No comments:
Post a Comment