News

Nov 3, 2009

हतियारसहित नेपाल छिरेका भारतका सिडिओ पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, १६ कात्तिक,हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मी र भारत पिलिभित जिल्लाका स्थानीय विकास अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीले आइतबार दिउँसो महेन्द्रनगरमा उनीहरूलाई पक्राउ गरेको हो ।पिलिभित जिल्लाका स्थानीय विकास अधिकारी -चिफ डेभलपमेन्ट अफिसर-सिडिओ) सुरेन्द्र सिंह र उनका अंगरक्षक असई (इएसआई) रामतेज सिंह पक्राउ परेका हुन् । आइतबार दिउँसो हतियारसहित महेन्द्रनगर घुम्न आएका पिलिभितका सिडिओ सिंह र उनका अंगरक्षक रामतेजलाई नेपाल प्रहरीले हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।दिउँसो ३:४० बजे महेन्द्रनगरको मुख्य बजारमा क्षेत्रमा एसएमजी भिरेर घुमिरहेका वेला पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक हरिराज वाग्लेले बताए । एसएमजी र एसएमजीका गोली २० राउन्ड प्रहरीले नियन्त्रणमा लिएको छ ।चियापसलमा चिया खाएर आउँदा जाँदासमेत असई रामतेजले निर्धक्क भएर एसएमजी बोकेर सिडिओ सिंहलाई सलुट हान्दै घुमफिर गरेका थिए । एसएमजी बोकेका अंगरक्षक र दुईजना सहयोगीसहित पिलिभितका सिडिओ सिंह २० घन्टा महेन्द्रनगरमा घुमेका थिए । हतियारसहित घुमफिर गरिरहेका भारतीय सुरक्षाकर्मी देखेपछि त्रसित बनेका व्यापारीले जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएका थिए । प्रहरी निरीक्षक कर्ण चन्दको नेतृत्वमा रहेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरू चढेको डिएल ३ एफएम ००१३ नम्बरको भारतीय गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरूसँग कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुसुमाकर ढकाल, प्रहरी उपरीक्षक माधवप्रसाद नेपालले सोधपुछ गरेका थिए । उनीहरूसँग जिल्ला प्रहरी कार्यालयमा दुई घन्टा सोधपुछ गरिएको थियो । 'थाहा नपाएर हतियारसहित आएको सिडिओ सिंहले बताएपछि भारतीय प्रहरीलाई बोलाएर आइतबार बेलुकी सात बजे जिम्मा लगाइएको थियो ।सिडिओ सिंह 'सपिङ गर्न नेपाल आएको' बताएको प्रहरी नायव उपरीक्षक वाग्लेले बताए । खराब नियतले हतियारसहित नआएको र सीमा क्षेत्रको सम्बन्धलाई ध्यानमा राखेर छाडिएको उपरीक्षक वाग्लेले बताए । बेलुकी सात बजे भारतीय प्रहरीको टोलीलाई सिडिओसहित हतियार र गाडीलाई जिम्मा लगाइएको थियो ।

No comments: