News

Nov 7, 2009

श्रीमती र सालीको गोली हानी हत्यापछि आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्चुला, कात्तिक २० - दार्चुला जिल्ला सदरमुकामबाट ११ कोस पूर्वमा पर्ने घुलिगडा गाविस वडा नं.७ रैचुका गोविन्दसिंह धामीले आफ्नी श्रीमती र सालीलाई गोली हानी मारेपछि आफूले पनि आत्महत्या गरेका छन्। सालीसँग विवाह गर्ने प्रस्ताव उनले अस्वीकार गरेपछि आफ्नी २० वर्षीया श्रीमती माना धामी र १८ वर्षीया साली सुरमती ठगुन्नालाई गोली हानी मारेपछि २७ वर्षीय गोविन्दसिंहले आत्महत्या गरेका हुन्।
गोविन्दसिंहले कात्तिक १९ गते बिहान घाँस काट्न गएकी सालीलाई खरबारीमै छातीमा दुई गोली हानी हत्या गरेका थिए। सालीलाई गोली हानेर घरमा आएपछि घरआँगनमा श्रीमतीलाई समेत गोली हानी हत्या गरेका थिए।अभियुक्तले घरमा झगडा भएपछि आफ्नी आमा जसुलीदेवी र छोरीलाई समेत घाइते बनाएका थिए। घटनाको छानबिन गर्न इलाका प्रहरीचौकी लटिनाथ, प्रहरीचौकी बलाच र दल्लेकबाट हिजै प्रहरी टोली घटनास्थल पुगिसकेको र जिल्ला प्रहरी कार्यालय, दार्चुलाबाट पनि प्रहरी टोली घटनास्थल पुगेको बताइएको छ।

No comments: