लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ कात्तिक,चौबीसै घन्टा प्रहरी खटिने राजधानीको मध्य ठमेलमा लुटेराहरूको समूहले बुधबार दिउँसै गोली हानी सुन्दरीजल नयाँपाटी गुम्बाका म्यानेजर निमा लामालाई लुटेको छ । लुटेराहरूले लामासित भएको झन्डै तीन लाख नेपाली रुपैयाँ लुटेर लगेका छन् । दिउँसो करिब पौने एक बजे ठमेलको त्रिदेवीमार्गमा चारजना लुटेराहरूले लामालाई लुटेका हुन् । लामाले पैसा बोकेको झोला खोस्न आएका लुटेराहरूको प्रतिकार गर्दा उनीमाथि दुई राउन्ड गोली प्रहार गरेको हो । लुटेराहरूले लामाको पेटको देब्रे भागमा गोली हानेका थिए । पेटमै रहेका दुवै गोली चिकित्सकहरूले शल्यक्रिया गरेर निकालेका छन् ।
प्रहरीका अनुसार घटनास्थलको दस मिटर अगाडिबाट दरबारमार्ग प्रहरीको एरिया र दस मिटरपछाडि सोह्रखुट्टे प्रहरीको एरिया पर्ने भएकाले त्यहाँ चौबीसै घन्टा प्रहरी खटिने गरेको थियो । ठमेल पर्यटन बोर्डले त्यहाँ सिसी क्यामेरा समेत जडान गरेको छ ।
सोह्रखुट्टे प्रहरीका प्रमुख प्रहरी निरीक्षक रुकुम कुँवरका अनुसार लुटेराहरूले लामाबाट एक लाख नेपाली रुपैयाँ, नौ सय युरो र ६ सय स्विस क्रोनोर लुटेका छन् । लामा ठमेलको पोतला मनी एक्सचेन्जबाट स्विस क्रोनर साँटेर आफ्नो गाडी पार्किङ गरिएको ठाउँतर्फ आउँदै थिए । उनलाई लुटेराहरूले सुन्दरीजलबाटै पिछा गरेको प्रहरी अनुमान छ । स्थानीवासीहरुले उनीहरूलाई समात्न खोज्दा पेस्तोल देखाएर भागेको प्रत्यक्षदर्शीहरू बताउँछन् । राति अबेरसम्म प्रहरीले लुटेराहरू पत्ता लगाउन सकेको छैन । लुटेराहरूको आशंकामा केही व्यक्तिलाई भने हिरासतमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
लामाको मनमोहन मेमोरियल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचार लागिको लागि वीर अस्पतालमा लगिएको छ ।

No comments:
Post a Comment