News

Nov 24, 2010

भागदौडमा ४ सयको मृत्यु / क्याम्बोडियामा राष्ट्रिय शोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नोमपेन्ह,क्याम्बोडियाको नोमपेन्हमा सोमबार राति एक ठूलो पानी महोत्सवमा मनोराजनका लागि भेला भएको विशाल भीडमा भागदौड मच्चिँदा कुल्चिएर करिब ४ सय जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मेला भर्न आएका व्यक्तिहरुबीच भएको भागदौडमा मृत्यु हुनेहरुको संख्या मंगलबारसम्म ३ सय ७५ पुगेको बताइएको थियो। वार्षिक रुपमा मनाइने तीन दिनको उक्त महोत्सवको अन्तिम दिन भेला भएका लाखौं सहभागी एउटा साँघुरो पुलमा खचाखच भरिन थालेपछि भएको उक्त दुर्घटनामा सयौं जना घाइते भएको अधिकारीले बताए।
प्रधानमन्त्री हुन सेनले यो विनाशकारी दुर्घटनालाई सन् १९७५-१९७९ अवधिको खमेररुज शासनकालमा एक तिहाइ क्याम्बोडियाली जनता मारिएको आतंकसँग तुलना गर्नुभएको छ।पानी महोत्सवमा लाखौंको सहभागिता रहेको र निकै साँघुरो पुलमा ठूलो संख्यामा मानिस जाने क्रममा पुल भाँचिन लागेको हल्ला चलेपछि भएको भागदौडमा उनीहरुको ज्यान गएको थियो। प्रधानमन्त्री हुन सेनले सो घटना दुःखदायी भएको उल्लेख गर्दै भन्नुभयो- पोलपोटको शासनकालपछिको यो सबैभन्दा ठूलो दुःखद घटना हो।
उहाँले बिहीबार क्याम्बोडियाले राष्ट्रिय शोकको दिनका रुपमा मनाउने घोषणा गर्नुभयो। उक्त दुर्घटनामा ४ सय १० नागरिक घाइते भएका त्यहाँका सरकारी प्रवक्ता कान्हारिथले जानकारी गराउनुभएको छ। धेरैजसोको मृत्यु निस्सासिएर र भित्री चोटका कारण भएको उहाँले बताउनुभयो। मृत्यु हुनेमध्ये दुई तिहाइ महिला रहेको जानकारी उनले दिए। सयौं नातेदार हराएका आफन्तको खोजी र पहिचानका लागि शहरको क्याल्मटे हस्पिटलमा जम्मा भएका छन्।

No comments: