News

Nov 5, 2010

पाकिस्तानको विमान दुर्घटनामा ९० जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १९ - क्युवा र पाकिस्तानमा शुक्रबार भएको विमान दुर्घटनामा ९० जनाको मृत्यु भएको छ ।क्युवाको पूर्वी सहर सान्टियागो डि क्युवाबाट राजधानी क्युवातर्फ उडेको यात्रुसहितको विमान शुक्रबार सवेरै दुर्घटनाग्रस्त हुँदा ६८ जनाको मृत्यु भएको सरकारी वेबसाइट क्युवाडिबेटले जनाएको छ । दुर्घटनामा ४० क्युवाली र २८ विदेशीको ज्यान गएको हो । एरो क्यारिवियनको उडान नं ८८३ हवानावाट ३५० किलोमिटर पूर्व शान्ति स्पिरिटस प्रान्तको गुआसिमल गाउँनजिक दुर्घटना भएको थियो । यसैबीच, एउटा सानो नीजी कम्पनीको विमान पाकिस्तानको कराँची सहरको विमानस्थल नजिकै दुर्घटना हुँदा विमानमा सवार २२ जनाको मृत्यु भएको छ । विमानमा सवार कोही पनि नबाँचेको सरकारी अधिकारीले जनाएका छन् । विमानमा २० यात्रु तथा २ चालकदलका सदस्य सवार थिए । पाकिस्तानमा चार महिनामा यो दोस्रोपटक भएको दुर्घटना हो । जुलाइमा भएको दुर्घटनामा १५२ को मृत्यु भएको थियो ।

No comments: