News

Nov 26, 2010

माओवादीको एउटै राजनीतिक प्रतिवेदन आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा,एकीकृत नेकपा (माओवादी) स्थायी समितिको बैठकले एउटै राजनीतिक प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छैटौँ विस्तारित बैठकमा प्रस्तुत तीनवटै प्रस्तावमाथि आएका सुझावलाई समेटेर लिखित छुट्टै प्रतिवेदन आजै पेस गर्ने सहमति भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । अब केहीबेरपछि सुरु हुने बैठकमा उपाध्यक्षद्वय मोहन वैद्य ‘किरण’ र डा बाबुराम भट्टराईले आ-आफ्नो प्रस्तावमाथि उठाइएको जिज्ञासाको स्पष्टीकरण दिएपछि अध्यक्ष प्रचण्डले छुट्टै प्रतिवेदन प्रस्तुत हुनेछ । स्थायी समितिको बैठकमा छलफलको मुख्य मुद्दा रहेको प्रधान दुश्मन कसलाई मान्ने भन्नेबारेमा छलफल भए पनि किटानी नभइसकेको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो- ‘यो कुराको निक्र्योल सभाहलबाट पास भएपछि मात्र गरिनेछ ।’यसैगरी बैठकले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याई नयाँ संविधान लेखन कार्य पूरा गर्न सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । बैठकमा केही स्थायी समिति सदस्यले महाधिवेशनको मिति तोक्न माग गरे पनि त्यसबारे कुनै निर्णय नभएको उहाँले जानकारी दिनुभयो । प्रवक्ता शर्माका अनुसार विस्तारित बैठक भोलि बेलुकासम्म जारी हुनेछ ।

No comments: