News

Nov 16, 2010

शान्ति सेनाको जवाफी कारबाहीमा हैटीमा एक जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक ३० - हैटीमा हैजा फैलाएको आरोपमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीले गोली चलाएपछि शान्ति सेनाले गरेको जवाफी कारबाहीमा मंगलबार एक जनाको मृत्यु भएको छ । हैटीस्थित राष्ट्रसंघीय मिसनका अनुसार दोस्रो ठूलो सहर क्वार्टियर मोरिनमा भएको दोहोरो गोली हानाहानमा ती प्रदर्शनकारी मारिएको जनाएको बीबीसीको अनलाइन सेवाले जनाएको छ । 'हतियार भएका प्रदर्शनकारीले सैनिकमाथि गाली चलाएपछि उनले बैधानिक रुपमा आफ्नो बचाउमा गाली चलाएका हुन्' मिसनका प्रबक्ता भिसेन्जो पुग्लिजले भनेका छन् । नेपाली शान्ति सैनिकले हैटीमा हैजा फैलाएको आरोपलगायतका विषयमा त्यहाँ प्रदर्शन भइरहेको छ । त्यस क्रममा उनीहरुले राष्ट्रसंघीय शान्ति सेनाको टुकडीहरुमा आक्रमणको कोशिस गरेका थिए । राष्ट्रसंघले भने नेपाली शान्ति सेनाले हैजा फैलाएको कुनै प्रमाण नभेटिएको बताउँदै आएको छ ।

No comments: