News

Nov 26, 2010

पौडेल उपसभापति र सिटौला महामन्त्री मनोनयन गर्ने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ मंसिर,विवादका बीच कांग्रेस सभापति सुशील कोइरालाले पार्टी उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्ने तयारी गरेका छन् । पार्टीमा 'एक व्यक्ति एक पद' कायम गर्ने आफ्नै प्रतिबद्धताविपरीत उनले संसदीय दलका नेता पौडेललाई उपसभापति बनाउन आँटेका हुन् । सभापतिलाई पदाधिकारी मनोनयनका लागि पार्टी विधानले दिएको समयसीमा सकिनै लागेको छ । सीमित पदका लागि असीमित नेता आकांक्षी बनेपछि सुशील अप्ठ्यारोमा पर्दै आएका छन् । आफ्नै गुट र देउवा पक्षका नेताहरूको तीव्र असन्तुष्टिका बीच बुधबार उनले पौडेल र सिटौलालाई क्रमशः उपसभापति र महामन्त्रीमा मनोनीत गर्ने निधो गरेको निकट स्रोतले जनाएको छ ।
११ मंसिरभित्र पार्टीका पदाधिकारीका साथै केन्द्रीय सदस्य र विभागहरू गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि सभापति कोइराला सहमहामन्त्री र प्रवक्ता भने अर्को चरणमा मनोनीत गर्ने मनस्थितिमा रहेको बुझिएको छ । बुधबार साँझ सभापति कोइरालाको निवास महाराजगञ्जमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलासहितका नेताहरूको गोप्य बैठक भएको थियो । साँझ पाँच बजेपछि भएको बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्न केही नामसमेत तय गरेको स्रोतले बतायो ।

No comments: