News

Nov 13, 2010

फालगुनन्द लिङदेन जयन्ती तथा वलिहाङ तङनाम समापन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/लाओती तान्छोहाङ
११ नोभेम्बर २०१० को दिन जोर्डनको डि.एम.पि स्टोरमा कि.या.चु.हङकङले राष्ट्रिय विभुती तथा समाज सुधारक श्री फालगुनन्द लिङदेन ज्यू को १२६ औं जन्म जयन्ती तथा येले तङबे ५०७० सालको वलिहाङ तङनाम संयुक्त रुपमा समापन गरेको छ । किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा अतिथीहरुमा भु.पु सल्लाहकार उतरमान तिगेला,सगितकार दिनेश सुब्बा,लिम्बु बुद्घिजिबी प्रकाश यक्सो,सांस्कृतिक बिभाग प्रमुख काजीमान मास्वा,श्याम र्इङनाम र फक्ताङलु संयङ नेपालका उपाध्यक्ष राजकुमार आङदेम्बे रहनुभएको थियो । स्वागत कि.या.चु हङकङका उपाध्यक्ष हस्त लिवाङले गर्नु भएको थियो । फालगुनन्द लिङदेनको तस्बीरमा मार्लपन पछि उहाँको बारेमा उतरमान तिगेला,काजीमान मास्वा र प्रकाश यक्सो प्रकाश पार्नु भएको थियो । पत्रकार तथा सल्लाहकार भुपेन्द्र चेम्जोङ र पत्रकार तथा भु.पु सल्लाहकार टंक सम्बाहाङफेको पनि उपस्थिती थियो । येले तङबे ५०७० सालको वलिहाङ तङनाम कि.या.चु हङकङले बितेका बर्षहरु जस्तै यो बर्षपनि भब्यताका साथ सम्पन गरेको छ । ६ नोभेम्बर २०१० को दिन युनलङको सांग्रिला करीहाउसमा चुम्लुङको अध्यक्ष कृष्णराज लाओती र नेपाली महांसघको अध्यक्ष प्रदीप थापा द्वारा सयुक्त रुपमा मैनबती र के (च्याब्रुङ) साथै पेपर फायर्रवर्क गरि भव्यताका साथ वलिहाङ तङनामको सरुवात गरेको थियो । ७ नोभेम्बर २०१० को दिन किरात याक्थुङ चुम्लुङ हङकङले बलीहाङ तङनाम मनाउने क्रममा आज जोर्डनको याक एण्ड यतिमा चुम्लुङको अध्यक्ष,संगितकार दिनेश सुब्बा र सामाजसेवि राजकुमार फोम्बो द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । ८ नोभेम्बर २०१० को वानचाईको २ स्टार स्टोर र काठमाडौं स्टोरको प्राङ्गनमा चुम्लुङको अध्यक्ष र सल्लाहकार नीर प्रसाद जबेगु द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । अन्तिम कार्यक्रम ९ तारीक चुवानको टि कप रेष्टुरेण्टमा चुम्लुङको अध्यक्ष,सल्लाहकार द्वाय हेम लिम्बु र टंक चङबाङ द्वारा सयुक्त रुपमा मैनबती प्रजलन गरेर वलिहाङ तङनाम मनाएको थियो । चुनवानमा याक्थुङबा बुद्घिजिबी डिबी पालुङवा,मणी वनेम,कैलाश लिम्बु र हेम लाओती को सकृयतामा वलिहाङ तङनाम भब्यताको साथ सम्पन भएको थियो भने चुनवानको तुम्देन रेष्टुरेण्ट सञ्चालक बिजय प्रकाश बोखिम लिम्बुले हङकङ डलर ५०२० चन्दा दिनु भएको थियो । हेम लाओती ले च्याब्रुङ का कलाकारहरु लाई हङकङ डलर २०० पुरस्कार दिनु भएको थियो । किरात याक्थुङ चुम्लुङ हङकङले कलाकाहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार अतिथीहरुको हातबाट प्रदान गरीएको थियो । तङनामको ४ वटै स्थानमा सचिव नन्द चङसुले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।अन्तयमा चुम्लुङका अध्यक्षले कार्यक्रममा उपस्थित,कलाकार,सम्पूर्ण चन्दादात र लारिङ्गे नाम्लीङ्गे खेल्नको लागि ठाउँ उपल्बद गराउने महानुभावहरु लाई एक्मुष्ठ धन्यबाद दिनु भएको थियो । संगितकार दिनेश सुब्बा र राजकुमार आङदेम्बे ले चुम्लुङ लाई सहयोग गरे बापत बिशेष धन्यवाद दिनदै बलिहाङ तङनाम समापन गर्नु भएको थियो । उपाध्यक्ष द्वारा बिधिवतरुपमा लारिङ्गे नाम्लीङ्ग खेलेर समापन गर्नु भएको थियो । कार्यक्रम सह सचिव चन्द्र सिङघक ले सञ्चालन गर्नु भएको थियो । करिव ११ बजे खानपिन र १९ डिसेम्बर २०१० को दिन चासोक तङनाम मा भेटने बाचाका साथ कार्यक्रम सम्पन भएको थियो ।

No comments: