News

Nov 16, 2010

संसद नियमावली संशोधन गर्न संयुक्त प्रस्ताव दर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसदको नियमावली संशोधन गरेर प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया शुरु गर्न माओवादी र एमाले सहित संसदमा प्रतिनिधित्व गर्ने ८ दलले मंगलबार संयुक्त प्रसताव संसद सचिवालयमा दर्ता गराएका छन् । संयुक्त प्रस्ताव दर्ता गर्नेमा माओवादी एमाले मधेसी जनअधिकार फोरम नेपाल नेकपा माले समाजवादी जनमुक्ति पार्टी नेपाली जनता दल नेपाल सद्भावना पार्टी सरिता गिरि र नेपा राष्ट्रिय पार्टी छन् । आठ वटै दलका सचेतकहरुले नियमावली संशोधनका लागि संयुक्त प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
उनीहरुले सर्बोच्च अदालतले समेत नयाँ प्रक्रियामा जान सुझाब दिएकाले त्यसको पालना गर्नका लागि पनि नियमावली संशोधन गर्नुपर्ने उल्लेख छ । यसअघि काग्रेसले आफ्ना उम्मेदवार राचन्द्र पौडेललाई निविर्रोध निर्वाचन गर्नुपर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता गरेको थियो । काग्रेसले सर्वोच्चको फैसलालाई लिएर रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचित गर्नुपर्ने अडान सहितको प्रस्ताव संसदमा लगेपछि अन्य दलले पनि नियमावली संशोधनका लागि प्रस्ताव लगेका हुन् ।

No comments: