News

Nov 27, 2010

मनीषाको दाम्पत्य जीवन धरापमा ?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गत शुक्रबार फेसबुकमा आफ्नो वैवाहिक जीवनमा समस्यामा परेको स्टाटस मेटाए पनि उनीहरूको पारिवारिक समस्यामा भने सुधार नआएको उनीहरूको व्यवहारले दे खाएको छ। दसैंमा माइती आएपछि मनीषा बुढानीलकण्ठस्थित आफ्नो घरमा एकपटक मात्र पुगेकी थिइन्। 'माइतीमा बस्नु नराम्रो होइन, तर र्फकंदा उनले बुढानीलकण्ठमा भएका आफ्ना सबैजसो सामग्री माइतीमा ल्याएकी थिइन्।’ पारिवारिक स्रोतले साप्ताहिकसँग भन्यो, 'सबै सामग्रीसहित माइती आउनुचाहिँ केही असजिलो दृश्य थियो।’ त्यसबेला उनका नजिकका आफन्तले उनी लामो समय माइतीमै बस्ने हिसाबले आएको अनुमान गरेका थिए।
एक दशकभन्दा बढी समय हिन्दी चलचित्र उद्योगमा अभिनेत्रीका रूपमा माथिल्लो पोजिसन प्राप्त गरेकी अनि ५ महिनाअघि विवाह गरेकी मनीषा कोइरालाको वैवाहिक जीवन अप्ठयारो अवस्थामा पुगेको बताइन्छ । लाखौं खर्च गरेर तामझामका साथ गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा सरिक हुन बलिउडका चर्चित हस्तीहरू नेपाल आएका थिए । त्यसबेला मनीषा आफैंले विवाहलाई सम्झनायोग्य बनाउने भन्दै सोल्टी क्राउन प्लाजामा सबै राजनीतिक दलका नेता एवं नेपालका सबैजसो विशिष्ट व्यक्तिलाई पाँचतारे पार्टी दिएकी थिइन् । उनको विवाहको पार्टीमै करिब ४० लाख खर्च भएको थियो ।

No comments: