News

Nov 16, 2010

राप्रपा नेपालद्वारा संविधानसभा घेराउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
निर्धारित समयमा संविधान निर्माण गर्न नसकेकोले औचित्य समाप्त भएको भन्दै राप्रपा नेपालले संविधानसभाको विघटनको माग गरेर सोमबार संविधानसभा घेराउ कार्य सम्पन्न गर्यो। नयाँबानेश्वर चोकमा सडक नै जाम गरेर आयोजित घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले हात्तीवन र गोकर्ण रिसोर्टमा तीन दलले आगामी जेठ १४ गते पुनः संविधानसभाको म्याद थप गर्ने गोप्य सम्झौता गरेको दाबी गर्नुभयो।उहाँले शान्तिप्रक्रियालगायतका जनसरोकारका विषयमा कुनै पनि काम नगरेको तर संविधानसभाको म्याद थप गरेर जाने सहमति भएको भन्दै त्यसलाई जनताले अमान्य घोषित गर्ने बताउनुभयो।संविधानसभा घेराउ एवम् जनतासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अध्यक्ष थापाले तत्काल संविधानसभा विघटन गरी नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो। जनतासमक्ष पार्टीको धारणा राख्ने उद्देश्यले सोमबार देशका ६९ जिल्लामा खबरदारी सभा सम्पन्न भएको पार्टीका प्रचारविभागप्रमुख मोहन श्रेष्ठले जानकारी गराउनुभयो।

No comments: