News

Nov 10, 2010

भगौडा सैनिक हतियारसहित पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जाजरकोट/ हतियारसहित पक्राउ परेका नेपाली सेनाका भगौडा लेस नायक महारूप शाहीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।मजकोट-६ का शाहीलाई स्थानीयबासीको सहयोगमा सीमा इलाका प्रहरी कार्यालयबाट गस्तीमा गएको प्रहरी टोलीले नाइन एमएमको गोली लाग्ने दुई थान पिस्तोल र १३ राउन्ड गोलीसहित गत बुधबार राति पक्राउ गरेको थियो । शाहीले आफू नेपाली सेनाको पूर्व लेस नायक भएको बताए । आफूलेे ०३७ सालमा नेपाली सेनाको रुद्रध्वज गण सुर्खेतमा मानबहादुर शाहीको नामबाट सेवा सुरु गरेको र ०४३ सालमा सेवाबाट भागेपछि महारूप शाहीको नामबाट नागरिकता बनाएको उनले बताए । 'प्लाटुन कमान्डर तालिमका क्रममा २०४३ सालमा नाइन एमएम ब्राउनिङ पेस्तोल, टी वान सेभेन सेभेन एट सिक्स फोर सेल्फ लोडिङ बेल्जियम पिस्तोल दुई थान म्यागजिन र २४ थान गोलीसहित भागेको थिएँ,' उनले भने । शाहीले सेनाको जागिर छोडेपछि चोरी डकैती लागि अन्य सहयोगी साथी लगाउने उद्देश्यले अर्को वान-वान अटोमेटिक इन्डियन पिस्तोल किनेको प्रहरीलाई बयान दिएका छन् । उनले चोरी तथा लुटपाटको घटनामा सग्लग्न रहेको समेत स्विकारेका छन् । उनका सहयोगी लोकेन्द्रबहादुर शाही फरार रहेको प्रहरी नायब उपरीक्षक रामप्यारा खरेलले बताए । फरार शाहीसमेत नेपाली सेनामा कार्यरत रहेको प्रहरीले बताएको छ । बडाभैरव गाविस-४ खोर घर भई हाल नेपाली सेनाको अरिदमन गण नवलपरासीमा सिपाही पदमा कार्यरत रहेको खरेलले बताए ।

No comments: