News

Nov 16, 2010

पत्रकारको कुटपिट साथै हातका औँलासमेत चिरिदिएका

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कैलालीको सुख्खडबाट प्रकाशन भइरहेको घोडाघोडी साप्ताहिकका प्रकाशक पत्रकार सुशील ढुङ्गानालाई एक समूहले नियन्त्रणमा लिइ कुटपिट गर्नुका साथै हातका औँलासमेत चिरिदिएका छन् ।सोमबार दिउँसो ३ बजे साढेपानी गाविसबाट समाचार सङ्कलन गरी फर्किरहेका ढुङ्गानालाई पूर्वपश्चिम राजमार्गको मोहन्याल सामुदायिक वनमा लगेर हातका औँला ब्लेडले चिर्दै ‘कलम बढी चलाउने’ भन्दै कुटपिट गरेको पत्रकार ढुङ्गानाले बताउनुभयो ।चिरिएका औँला देखाउँदै ढुङ्गानाले भन्नुभयो, ‘बाटो ढुकेर बसेका सातमध्ये पाँचजनाले वनभित्र लगेर हाम्रा विरुद्ध समाचार लेख्ने भन्दै कुटपिट सुरु गरे ।’दिउँसो ३ बजे नियन्त्रणमा लिइएका ढुङ्गानालाई साँझ ६.३० बजे मात्र मुक्त गरेका थिए ।मोटरसाइकलमा रहेका उनीहरूमध्ये तीनजनाले मुखमा कालोपट्टी बाँधेका र अँध्यारोका कारण चिन्न नसकिएको बताउनुभयो ।राति डरले आफन्तको घरमा लुकेर बसेका ढुङ्गानालाई कसैलाई भनेमा मार्ने धम्की दिएको हुनाले मङ्गलबार धनगढी पुगेर मात्र पत्रकारलाई उहाँले घटनाको बारेमा जानकारी दिनुभएको थियो ।दुवै हातका औँला ब्लेडले चिरिएको अवस्थामा रहेका ढुङ्गानाद्वारा प्रकाशित सो साप्ताहिकको आइतबारको अङ्कमा ‘तस्करी र कमिसनखोरी बढ्यो’ भन्ने शीर्षकको समाचार प्रकाशित भएको थियो । सोही समाचारको विषयलाई लिएर घटना गराइएको हुनसक्ने उहाँले बताउनुभयो ।

No comments: