News

Nov 12, 2010

डा. सुवेदी बेलायती परराष्ट्रमन्त्रीको सल्लाहकार नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन,प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी बेलायती परराष्ट्र मन्त्रीको सल्लाहकार समितिमा नियुक्त हुनुभएको छ। बेलायती परराष्ट्र मन्त्रालयले बिहीवार जारी गरेको बिज्ञप्तिमा सुवेदीलाई सेक्रेटरी अफ् स्टेट्स विलियम हेगले आफ्नै अध्यक्षतामा रहेको समितिको सदस्यमा नियुक्त गरेको उल्लेख छ।त्रिभुवन विश्वविद्यालयका कानुनका स्नातक सुवेदीले बैलायतकै हल विश्वविद्यालयबाट विशिष्ठ श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ। हाल वेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गरिरहनुभएका सुवेदी केब्रिज विश्वविद्यालयले प्रकाशित गर्ने एसियन जर्नल आफ् इन्टरनेशनल ल का सम्पादक समेत हुनुहुन्छ।बेलायतमा केही महिनाअघि भएको आम निर्वाचनपछि गठित कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक संयुक्त सरकारका परराष्ट्रमन्त्रीले अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारको संरक्षण र सम्वर्द्धन गर्नु बेलायती परराष्ट्र नीतिको प्रमुख लक्ष्य रहेको र सोही अनुसार सल्लाहकार समिति बनाइएको जानकारी दिएका छन्।

No comments: