News

Nov 5, 2010

शीर्ष नेताहरुसहितको टोली गोप्यस्थलमा छलफलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक गतिरोध अन्त्यका तीन दलका नेताहरु आजदेखि छलफलमा जुटेका छन् । छलफलका लागि उपत्यकाबाहिर जाने तयारी भएपनि अन्तिममा काठमाडौं उपत्यकाको हात्तिवन रिसोर्टमा तय गरिएको छ । अहिले शीर्ष नेताहरुबीचको छलफल चलिरहेको छ ।तर सञ्चाकर्मीलाई रिसोर्टमा जान रोक लगाइएको छ । बाहिर जाने क्रममा तोकिएको भन्दा बढी सङ्ख्या भएकाले अन्तिममा स्थगन गरिएको स्रोतले बताएको छ । बैठकमा मुख्यगरी प्रधानमन्त्री निर्वाचन प्रक्रियाको अन्त्य र नयाँ सहमतिका विषयमा छलफल हुनेछ ।छलफलमा जाने नेताहरुले सकेसम्म सुरक्षा गार्डसमेत नलिएर एक्लाएक्लै जानुपर्ने अति आवश्यक परेको खण्डमा एकजना लिन सकिने सहमति भएको थियो । बैठक स्थानका विषयमा गोप्य राख्न र पूरै सुरक्षा सतर्कता मिलाउन गृहमन्त्री भीम रावलले तीनवटै सुरक्षा प्रमुखहरुलाई बिहीबार नै निर्देशन दिइसक्नुभएको छ ।बैठकमा सरकारले ल्याउने तयारी गरेको बजेट, संविधानका विवावाद, सेना समायोजनलगायतका सबै विवादित विषयमा जानकारी छलफल हुनेछ । सहकर्मी दलहरुलाई पनि छलफलको ठाउँका वारेमा गोप्य राखिएको छ ।

No comments: