News

Nov 28, 2010

सेना समायोजन सचिवालय निस्क्रिय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ मंसिर,संयोजक चयन नहुँदा सेना समायोजन समितिअन्तर्गत गठित सचिवालय निस्क्रिय बनेको छ । गठन भएको दुई महिना बितिसक्दासमेत सचिवालयको बैठक एकपटक पनि बसेको छैन । विशेष समतिको निर्णय कार्यान्वयन गर्न बनेको सचिवालय संयोजकमा कसलाई राख्ने भन्नेमा विवाद छ । माओवादी र कांग्रेस-एमालेलगायत दलहरूको अडानका कारण संयोजक तोकिएको छैन । सचिवालयले पूर्णतासमेत पाएको छैन । माओवादीले आपना प्रतिनिधि नन्दकिशोर पुन पासाङलाई संयोजक तोक्नुपर्ने प्रस्ताव गरेको छ । कांग्रेस-एमालेलगायत दलहरूले भने माओवादीको प्रस्ताव अस्वीकार गर्दै आएका छन् । संयोजकमा विवाद भएपछि माओवादी प्रतिनिधिहरू सचिवालयको बैठकमै गएका छैनन् ।
करिब एक महिनाअघि सचिवालयको बैठक डाकिएको थियो । तर, माओवादी प्रतिनिधि नआएपछि बैठक बस्न सकेन । बैठक नहुँदा सेना समायोजनको काममा कुनै प्रगति भएको छैन । आगामी १५ जनवरीबाट अनमिनको म्याद सकिँदै छ । त्यसअघि सेना समायोजन नभए अनमिनको जिम्मेवारी विशेष समितिले लिनेछ । तर, समितिको निर्णय कार्यान्वयन गर्ने निकाय निस्क्रिय हुँदा समायोजन प्रक्रिया पनि अन्योलमा परेको छ ।

No comments: