News

Nov 15, 2010

योकोहामा भिजनमा हस्ताक्षर सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
योकोहामा, जापान, एसिया प्रशान्त आर्थिक सहयोग एपेक को बैठक स्वतन्त्र व्यापार तथा सन्तुलित आर्थिक विकास गर्ने सहमतिसहित आइतबार सम्पन्न भएको छ। जापान चीनलगायत एपेक माचका सदस्य राष्ट्रबीच भएको दुईदिने शिखर सम्मेलन शनिबार दिउँसो शुरु भएको थियो। सम्मेलनमा एपेक माचका सदस्य राष्ट्रबीच स्वतन्त्र व्यापार तथा लगानीमा उदारीकरण अभिवृद्धि गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर भएको र यस दस्तावेजलाई योकोहामा भिजन नाम दिइएको छ। सम्मेलनमा मुख्यतया चिनियाँ विदेशमन्त्री याङ जीएची र जापानी विदेशमन्त्री सेइजी माएहाराबीच गहन छलफल भएको छ। एपेक माचका सदस्य राष्ट्रहरुबीच स्वतन्त्र व्यापार र लगानीमा उदारीकरण गर्न/गराउन यी दुई शक्तिराष्ट्रले विशेष योगदान गर्ने भएका छन्।

No comments: