News

Nov 12, 2010

भारतीय माओवादीलाई दिएको तालिम छानविन जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगञ्ज,उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एकीकृत नेकपा माओवादीले भारतीय माआवबादीलाई सैन्य तालिम दिएको भन्ने आरोपको सरकारले छानबिन गरिरहेको बताउनुभएको छ ।प्रेस क्लब अफ नेपालले आज बिहान नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री कोइरालाले नेपालको भूमि कुनै पनि छिमेकी भूमिविरुद्ध प्रयोग हुन नदिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।माओवादीले भारतीय नक्सालवादी माओवादीलाई तालिम दिएको भए नेपालको परराष्ट्र नीति विपरित हुने कोइरालाको भनाइ छ । उपप्रधानमन्त्री कोइरालाले सरकार जतिसक्दो चाँडो बजेट ल्याउने तयारीमा रहेको बताउनुभयो ।नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्रीका रुपमा रहेको उम्मेद्वारी सहमतिका लागि दबाब भएको उहाँले बताउनुभयो । काङ्ग्रेस केन्दि्रय सदस्य कोइरालाले आफूलाई महाधिवेशनको समयमा नेताहरुले दिएको आश्वासन अनुसार उपसभापतिमा मनोनित गर्नुपर्ने दाबी गर्नुभयो ।

No comments: