News

Nov 28, 2010

राष्ट्र बैंकद्वारा बैंकहरूलाई अंकुश / र्सीइओको तलब घट्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (र्सीइओ) को पारिश्रमिकको सीमा निर्धारण गरेको छ। नयाँ निर्धारित सीमाअनुसार अब र्सीइओले अधिकतम विगत ३ आर्थिक वर्षो औसत कर्मचारी खर्चको बढीमा ५ प्रतिशत वा गत वर्षो कुल सम्पत्तिको बढीमा शून्य दशमलव शून्य २५ प्रतिशत मात्र वाषिर्क तलबभत्ता प्राप्त गर्न सक्ने भएका छन्। राष्ट्र बैंकले र्सीइओको तलब सीमा निर्धारण गरेपछि र्सीइओको तलब घट्ने भएको छ। हाल एक वाणिज्य बैंकको र्सीइओले औसत मासिक ५ लाख रुपियाँ तलब बुझने गर्दछन्। अधिकतम रूपमा एक वाणिज्य बैंकका र्सीइओले मासिक १५ लाखसम्म तलब बुझने गरेको बताइएको छ। नयाँ निर्देशनपछि र्सीइओको तलब बैंकको कर्मचारी खर्चसँग सामञ्जस्य मिलाएर मात्र तोक्नुपर्ने बाध्यता सम्बन्धित बैंकको सञ्चालक समितिलाई परेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार प्रमुख कार्यकारीको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन जारी गरी कार्यकारी प्रमुखले पाउने वाषिर्क तलब, भत्ता तथा अन्य सुविधालाई तीन भागमा वर्गीकरण गरेको छ। बैंकका अनुसार निश्चित वाषिर्क तलब तथा भत्ताहरू, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य आर्थिक सुविधाहरू गरी तीन भागमा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिकलाई विभाजन गरिएको छ।

No comments: