News

Nov 4, 2010

गोर्खा जनमुक्ति र भारत सरकारबीच वार्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी-, कार्तिक १८ - गोर्खा जनमुक्ति मोर्चा, राज्य र केन्द्र सरकारवीच हुने आगामी राजनीतिकस्तरको त्रिपक्षीय वार्ताको मिति तय भएको छ । केन्द्रीय गृह मन्त्री पी चिदम्वरमले हालै मोर्चा नेतासंगको भेटवार्तापछि वार्ता मिति तय गरेका हुन् । वार्ता आउदो ११ नोभेम्बरमा हुने जनाइएको छ । यो राजनीतिकस्तरको पहिलो वार्ता हो । यसअधि दार्जिलिङ र दिल्लीमा विभिन्न सातौं चरणसम्म सचिवस्तरमा वार्ता भएका थिए । सवै वार्ता विना निष्कर्श टुंगिएका थिए । आगामी वार्ता राजनीतिक स्तरमा हुन लागेकाले फलदायी वन्न सक्ने मोर्चाको दावी छ । वार्तामा प्रस्तावित अन्तरिम व्यवस्थाका विषयमा टुंगो लगाउने अनुमान गरिएको छ । 'आउँदो वार्ताले व्यवस्थाका वारेमा लगभग टुंगो लगाउछ होला', गृहमन्त्री चिदम्वरमलाई भेटेर फर्किएका मोर्चा महासचिव रोशन गिरीले भने । उनले केही महत्वपूर्ण बुँदाहरुमा अझै सहमति हुन बाँकी रहेको बताउँदै ती विषयहरुमा पनि सहमति हुने विश्वास व्यक्त गरे । मोर्चाले तराई र डुवर्सलाई पनि अन्तरिम व्यवस्थामा समावेश गर्नु पर्ने बताउँदै आएका छन् भने राज्य र केन्द्र सरकारले कुनै हालतमा तराई डुवर्स समावेश गर्न नसकिने आफ्नो अडानमा यथावत रहेको छ ।

No comments: