News

Nov 24, 2010

मनाङमा बाक्लो हिमपात

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, मंसिर ८ - हिमालपारिको जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ। हिउँ परेपछि माथिल्लो मनाङ क्षेत्रमा हवात्तै चिसो बढेको स्थानीयबासिले बताएका छन्। कतिपय ठाउँमा हिउँ समेत जमेको छ। सदरमुकाम चामेस्थित स्थानीय पत्रकार बिपि लामाकाअनुसार करिब ३ हजार २ सय मिटर माथिका नारः फू, मनाङ, भ्राका, टंकीमनाङ, पिशाङ, खाङसार लगायतका गाविसका अधिकांश क्षेत्रमा हिजो दिनभर हिँउ परेको थियो। एक फिट उचाईसम्म हिउँ परेको लामाले बताए। हिउँ परेपछि माथिल्लो मनाङ क्षेत्रका बासिन्दाको जिवन कष्टकर भएको उनले बताए। चिसो बढेपछि विद्यार्थीहरु विद्यालय जान सकेका छैनन् भने अन्नपुर्ण पदमार्गमा निस्केका पर्यटकहरु प्रभावित भएका छन्। सदरमुकाम चामे क्षेत्रमा भने हिजो हल्का वर्षा भएको थियो।
हिउँ परेपछि पर्यटकहरु समस्यामा परेको मनाङस्थित अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापं) का संरक्षण अधिकृत सन्तोष शेरचनले बताए। यसअघि कात्तिक दोश्रो साता पनि मनाङका यी क्षेत्रमा हिउँ परेको थियो।

No comments: