News

Nov 3, 2010

तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार गठन तथा पूर्ण बजेटको सम्बन्धमा थप गम्भीर छलफलको आवश्यकता महशुस गर्दै प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष सकिएको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो बसेको बैठकमा बजेट, संवैधानिक परिषदको विषय र राजनीतिक गतिरोध तोड्ने विषयमा छलफल भएको थियो । बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध तोड्न सकिएमा सबै विषय समाधान हुने भएकाले शीर्ष तहमा अझै छलफल आवश्यक भएको बताउनुभयो ।बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार निर्माणको गतिरोध तत्काल अन्त्य गरी नयाँ सरकारले बजेट ल्याउने तर गतिरोध अन्त्य नभएमा पूर्ण बजेट ल्याउने विषयमा कामचलाउ सरकारले ल्याउन बाटो खोल्नुपर्ने प्रस्ताव राखेको बताउनुभयो ।सरकार गठनका विषयमा कांग्रेसले राखेको प्रस्तावमा माओवादी सहमत नभएकाले फेरि पनि छलफलको आवश्यकता देखिएको पौडेलको भनाई थियो ।नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले शान्ति, संविधान र सत्ता साझेदारीका विषयमा गम्भीरतापूर्वक छलफल गरी एउटा निचोडमा पुग्नु आवश्यक भएकोमा तीनै दल सहमत भएपनि निरन्तर बैठक गर्नेमा एकमत भएको बताउनुभयो ।बैठकबाट बाहिरिएपछि प्रमुख दलहरुले निरन्तर छलफलका लागि बैठक बस्ने भने पनि अर्को बैठकको टुंगो लागेको छैन ।

No comments: