News

Nov 17, 2010

प्रधानाध्यापकद्वारा घरेलु कामदारमाथि यौन शोषण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, ३० कात्तिक ,सुनसरी रामगन्जसिनवरीको रासी निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक तेतर साहले पढाएर विवाह गरिदिने सर्तमा घरेलु कामदारका रूपमा राखेकी एक किशोरीलाई तीन वर्षदेखि लगातार यौन शोषण गर्दै आएको खुलासा भएको छ । सुनसरीको सत्तेरझोड-३ निवासी प्रधानाध्यापक साहले सोही गाविस-२ निवासी बिर्सा उराँवकी छोरी १६ वषीया मनिता (नाम परिवर्तन) लाई तीन वर्षयतादेखि दैनिक यौन शोषण गर्दै आएको खुलासा भएको हो । प्रअ साहले दैनिक यौनसम्पर्क गरेकाले सहन नसकेर पीडित किशोरीले एकसाता अघि आफ्नी आमालाई आफूलाई प्रअ साहले सहनै नसक्ने गरी दैनिक यौनसम्पर्क गर्दै आएकाले आफू अब सो घरमा नजाने बताएकी थिइन् । तर, उनका आमाले साहले दिएको पैसाले नै परिवार चलेकाले जे गरे पनि सहेर त्यहीँ बस्नुपर्ने बताउँदै जबरजस्ती उनकै घरमा पठाएकी थिइन् ।
केही दिनमै साहकी श्रीमतीले उराँवलाई आफ्नो श्रीमान्सँग सल्किएको आरोप लगाउँदै घर फर्काएपछि उराँवले आफ्नी छोरीलाई उल्टै बुबाले कुटपिट गरेका थिए । आफू यौन शोषणमा परेको जानकारी दिँदा पनि उल्टै कुटपिट भएपछि ती किशोरीले किरा मार्ने फोरेट नामक विष सेवन गरेकी हुन् । विष सेवन गरेपछि मात्रै प्रअले यौन शोषण गर्दै आएको तथ्य पत्ता लागेको सत्तेरझोडा गाविसका निवर्तमान अध्यक्ष कुश्वेश्वर खेरवारले बताए ।

No comments: