लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/सेसेहाङ चोङबाङ
कातिक १४/संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदको लिम्बुवानको प्राप्तिको निर्णायक आन्दोलन तयारीका लागि तेस्रो विस्तारित बैठकले घोषणा गरे अनुसार अगुवा कार्यकर्ताहरुलाई राजनीतिक प्रशिक्षण दिने कार्यक्रमअन्तर्गत कात्र्तिक १४ गते सोल्मा-सुङ्नामस्तरीय प्रशिक्षण कार्यक्रम लाहाबुङ सुङ्नामको मुजोक्लुङ सामुदायिक भवनमा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद सोल्मा गाउँ इकाई समितिका अध्यक्ष जितबहादुर तेयुङको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिम र सचिवालय सदस्य डीबी आङ्बुङले प्रमुख प्रशिक्षण दिएका थिए । साथै, परिषदका जिल्ला अध्यक्ष देवनारायण सम्बाहाङ्फे र उपाध्यक्ष विशाल कुरुम्बाङले पनि प्रशिक्षणमा सहयोग गरेका थिए । प्रशिक्षणको क्रममा प्रशिक्षकहरुले नेपालको संघीय आन्दोलन, लिम्बुवान आन्दोलन र यसको पृष्ठभूमि तथा आगामी चुनौती र आन्दोलन बारे प्रशिक्षण दिएका थिए । सोल्मा-सुङनाम निवासी आदिवासी जनजाति क्षेत्री-बाहुन तथा दलितको समेत सहभागिता रहेको कार्यक्रममा गाउँ कमिटीका सदस्य अमरबहादुर खवाहाङले स्वागत मन्तव्यले स्वागत गरेका थिए भने कृष्ण तेयुङले कार्यक्रममको सञ्चालन गरेका थिए । यस अघिको कार्यक्रममा कात्र्तिक १३ गते साप्ला-तम्फुला गाउँ कमिटिलाई प्रशिक्षण दिइएको थियो भने कात्र्तिक १६ र १७ गते तेह्रथुममो छथर थुम् शुक्रबारेमा प्रशिक्षण हुने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment