लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ कात्तिक,सञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै जनता बैंकद्वारा जनता ठगिएको आरोप लागेको छ । बैंक सञ्चालनमा आएको सात महिना मात्र भएको छ । बैंक सञ्चालनमा आउनु चार वर्ष अघिदेखि नै सञ्चालकले सर्वसाधारणलाई पनि लगानीकर्ता बनाउने भन्दै पैसा संकलन गरेका थिए । मंसिर ०६३ बाट पैसा उठाए पनि चैत ०६६ बाट मात्र बैंक सञ्चालनमा आयो । तर, यसबीचमा सर्वसाधारणबाट उठाइएको पैसाको ब्याज नै बैंकले दिएन । तर, विभिन्न बैंकमा पैसा राखेबापत आएको एक करोड ४९ लाख ६२ हजार ६ सय ४७ रुपैयाँ भने अध्यक्षलगायतका सञ्चालकले कुनै पनि हिसाबमा देखाएका छैनन् ।
सञ्चालक हुने आशामा पैसा बुझाएका आठ सय ३६ ले ब्याजविना सेयरधनी प्रमाणपत्र पाएका छन् । तर, दुई सय सर्वसाधारणले त प्रमाणपत्र पनि पाएका छैनन् । उनीहरूको त ब्याज मात्र होइन, साँवाकै हिसाब बैंकमा छैन ।
दुई सयजनाको सूचीभित्र प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्री नेपालसमेत छिन् । प्रधानमन्त्री नेपालले सम्पत्ति विवरणमा जनता बैंकमा दुई लाख ६० हजारको संस्थापक सेयर हालेको उल्लेख गरेका छन् । तर, उनी अथवा उनकी श्रीमती बैंकको संस्थापक सेयरधनीमा सूचीकृत छैनन् । प्रधानमन्त्रीले अहिलेसम्म विरोध गरेका छैनन्, सर्वसाधारणको विरोध सुनिएको छैन । 'लगानीकर्ताहरूले भए सेयरको प्रमाणपत्र नभए आफूले बुझाएको रकम ब्याजसहित फिर्ता गर्न माग गर्छन् तर बैंकका अध्यक्षसहित सञ्चालकहरू मौन बस्छन्,' बैंक स्रोतले भन्यो । 'बैंकमा बुझ्दा सेयरधनीमा तपाईंको नाममा सूचीकृत भएको छैन भन्छन्, अध्यक्षलाई सोध्यो कुनै जवाफ दिँदैनन्, बैंक खोल्ने नाममा सर्वसाधारणको रकम जम्मा गरेर ठगी गर्ने काम भएको छ,' बैंकमा रकम जम्मा गरेका एक लगानीकर्ताले भने । बैंक स्रोतले भने केही लगानीकर्ताले प्रमाणपत्र पाऊँ भन्दै दिएको निवेदन अध्यक्षले लुकाउने गरेको दाबी गरेको छ ।
यस विषयमा अध्यक्ष गुरुप्रसाद न्यौपानेसँग जिज्ञासा राख्दा उनी आक्रोशित भए । 'तपाईंले सबै थाहा पाइहाल्नुहुन्छ नि, नाटक नगर्नुहोस्, राष्ट्र बैंकलाई सोध्नुहोस्,' उनले आक्रोशित हुँदै भने । उनी विगतमा वाणिज्य बैंकको एलसी काण्डमा मुछिएका व्यक्ति हुन् ।

No comments:
Post a Comment