News

Nov 8, 2010

माओवादीको केन्द्रीय बैठकको तयारी झण्डै ५० प्रतिशत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठकको तयारी झण्डै ५० प्रतिशत पूरा भएको छ । विस्तारित बैठकको तयारीका लागि नेपालकै ठूलो टारमध्येको एक गोरखाको पालुङ्गटारमा सडक विस्तार, विद्युत लाईन विस्तार, टेलिफोनका टावरको क्षमता अभिवृद्धि खानेपानी तथा बैठक स्थलमा छलफलका लागि कटेरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।प्रारम्भिक तयारी झण्डै डेढ महिना अगाडिदेखि तयारी सुरु भएपनि दुई हप्तादेखि भने आवश्यक भौतिक संरचना निर्माणका लागि तीब्रता दिइएको हो । पृथ्वी राजमार्गको डुम्रे बेशीसहर सडकखण्डको तुरतुरेबाट ६ किलोमिटरको दुरीमा रहेको पालुङटार गाविसको तान्द्राङ्गटारमा माओवादी कार्यकर्तासहित दैनिक सयौं सर्वसाधारणको सहभागितामा झण्डै १ महिना समय लगाएर यी भौतिक पूर्वाधार तयार पारिएको हो ।हालसम्म विस्तारित बैठकको समूहगत छलफलका लागि ७० वटा टहरा (कटेरा) निर्माण भइसकेका छन् । ३२ फिट लम्बाई र १६ फिट चौडाईका ६० वटा कटेराहरु समूहगत छलफलका लागि निर्माण गरिएको माओवादी पोलिटव्यूरो सदस्य एवम् व्यवस्थापकीय जिम्मा पाएको तमुवान राज्य समितिका इञ्चार्ज हितराज पाण्डेले जानकारी दिनुभयो ।

No comments: