News

Nov 14, 2010

कतार आएका ३९ जना नेपाली कामदारहरु अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा,धन कमाउने सपना बोकेर कतार आएका ३९ जना नेपाली कामदारहरु अलपत्र परेर दुतावासको शरणमा पुगेका छन ।विभिन्न एजेन्सी मार्फत विभिन्न समयमा आएका यी कामदाहरु इण्डीयन मुदीर रहेको दोहास्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनीले विगत एक वर्षदेखि भिषा नलगाएको र छ महिनादेखि तवल पनि नदिएर मर्माहत बनेका कामदारहरुलाई उल्टै गत ३१ तारिकबाट खान पनि बन्द गरी दिएको पीडितहरुले बताए ।करिब सयजना कार्यरतमध्ये २९ जना नेपाली सहित ३५ जना भिषा नभएका कारण पक्राउमा परेकाले आफुहरु दुतावासको शरणमा आएको उनीहरूले बताए ।नेपालीहरुको महान चाड तिहारको बेलामा पनि आफुहरु भोकै सुत्न परकोमा आँशु झार्दै एक कामदारले भने- ‘अब हामी दुतावासको शरणमा आएका छौ अब भने बाँच्छौ भन्ने लागेको छ ।’ यस विषयमा दुतावासले पहल गरिरहेको जानकारी प्राप्त भएको छ ।

No comments: