News

Nov 26, 2010

सय वर्षमा १.६ प्रतिशत विद्युत् उत्पादन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ मंसिर,विद्युत् उत्पादन सुरु भएको सय वर्षको अवधिमा कुल सम्भाव्य उत्पादन क्षमताको करिब १.६ प्रतिशत मात्रै विद्युत उत्पादन भएको छ । नेपालमा पहिलोपटक काठमाडौंको फर्पिङबाट वि.सं. १९६८ जेठ ९ मा विद्युत् उत्पादन भएको थियो । नेपालमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता भए पनि आर्थिक र प्राविधिक दृष्टिले ४२ हजार मेगावाट मात्रै उत्पादन गर्न सकिने विज्ञले बताउँदै आएका छन् । सय वर्षमा ६ सय ३८ मेगावाट जलविद्युत् उत्पादन भएको छ । उत्पादित विद्युत् सरकारी तर्फबाट ४ सय ७७ मेगावाट र निजी क्षेत्रबाट १ सय ६१ मेगावाट मात्रै उत्पादन भएको छ । पर्याप्त लगानी अभावमा विद्युत् उत्पादनको क्षमताले आन्तरिक खपतको माग पूर्ति गर्न सकिएको छैन । पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा उपभोक्ता दैनिक १८ घन्टासम्म लोडसेडिङ भोग्न बाध्य हुँदै आएका छन् ।

No comments: