News

Nov 4, 2010

टेनिस सुन्दरी मारियाको रोमान्सलाई विवाहको रूप दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लसएन्जलस/ लसएन्जलस लाकर्सका २६ वर्षीय गार्ड सासा भुजासिकले रुसी टेनिस सुन्दरी मारिया सारापोभासँग झन्डै एक वर्षदेखि चल्दै आएको रोमान्सलाई विवाहको रूप दिने योजना आफ्ना प्रेमिकासँग सल्लाह नै नगरी बनाएका थिए । त्यसैले उनले दुई लाख ५० हजार अमेरिकी डलर पर्ने हीराको औँठी पनि कसैलाई थाहै नदिई किनेका थिए । 'उसले (भुजासिक) ले मलाई अति नै आश्चर्यमा पारे । म साँच्चै नै धेरै भाग्यमानी रहेछु,' २३ वर्षीया सारापोभाले ऐजेन्सीसँग भनिन् । सर्बियामा जन्मेका बास्केटबल स्टारले १९ अक्टोबरमा क्यालिफोर्नियाको मानहाटनबिचस्थित आफ्नै निवासमा सारापोभालाई महँगो हिरोका औँठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए जसलाई सारापोभाले सहजै स्विकारिन् । 'त्यो मेरो जीवनको विशेष र सम्झनलायक साँझ थियो,' ग्रान्डस्लाम च्याम्पियनले भनिन्, 'मैले जीवनमा सम्भिmरहने घटनामध्ये त्यो पनि एक हो, त्यो साह्रै मिठासपूर्ण साँझ थियो ।'
ज्वेलेरी विशेषज्ञ माइकल ओ कर्नरका अनुसार सारापोभाले इन्गेजमेन्टमा पहिरिएकी औँठी ७ देखि ८ क्यारेटको कसन कट हीरा हो । प्लाटिनियमले मोडिएको सो औँठीको बजार भाउ दुई लाख ५० हजार अमेरिकी डलर हो । सो औँठी भुजासिकले नै खरिद गरेको सारापोभाले समेत बताइन्, 'भगवान्लाई धन्यवाद, मेरा भावी पतिको रोजाइ अति राम्रो छ । उनले राम्रो काम गरे ।' विश्व खेलकुदका शक्तिशाली जोडीले कहिले बिहे गर्ने भन्ने टुंगो भने लगाइसकेका छैनन् । 'हामी समय लिन्छौँ,' सारापोभाले भनिन्, 'अहिले हामी इन्गेजमेन्टबाटै खुसी छौँ । हामी अहिले जे गर्दै छौँ, त्यसमा नै ध्यान दिन चाहन्छौँ तथा हामी धेरै स्थानमा घुम्ने पनि छौँ । हामी एकअर्काको नजिकमा नै रमाइरहेका छौँ ।'
उनीहरूको रोमान्स कस्तो छ त ? 'उनी मेरा लागि बनेका हुन्,' उनले भनिन्, 'भेटको सुरुवाती दिनदेखि नै उनी मलाई सम्मान गर्छन् तथा मेरो जीवनशैली बुझेका छन् । हामी दुवै स्वतन्त्र व्यक्ति हौँ, हाम्रो करियरले नै त्यही खोज्छ, तर अहिले हामी एकअर्काको सामिप्यमा रमाउँछौँ तथा नजिक हुँदा शक्तिशाली बनेको भान हुन्छ ।' साथै उनले आफ्नो बिहेमा लगाउने जुत्ता आपै"m डिजाइन गर्ने पनि बताइन् ।

No comments: