News

Nov 26, 2010

लिम्बूवानमा हजारौं कालो झण्डा गाड्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, मंसिर १० - मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान स्वायत्तता प्राप्तीका लागि निर्णायक आन्दोलन गनै भन्दै शुक्रबार अरुण पूर्वका नौ जिल्लामा १० औं हजार कालो झण्डा गाड्न सुरु गरेको छ । परिषदले नौ वटै जिल्लाहरूका ऐतिहासिक र सार्वजनिक स्थलहरूमा ती कालो झण्डा गाड्न सुरु गरेको जनाएको छ । परिषदका अध्यक्ष कुमार लिङ्देनले शान्ति, संविधान, संघीयताको लागि दलहरुलाई खबरदारी गर्दै कालोझण्डा गाडिएको बताए । 'आत्मनिर्णयको अधिकार र स्वशासनहितको स्वायत्तता तथा धर्मनिरपेक्षताविरुद्ध एकात्मक शासन शैली मनपराउने दलहरु षड्यन्त्र र चलखेलमा व्यस्त छन्,' उनले भने, 'त्यसैले चेतावनी र खवरदारीका लागि लिम्बुवानमा कालोझण्डा गाडेका हौं ।'
परिषदले मंसिर २ गते अरुण पूर्वका नौवटै जिल्ला र काठमाडौं प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापन-पत्र सरकारलाई बुझाए पनि कुनै चासो नदेखाएकोले कालो झण्डा गाड्न सुरु गरिएको लिङ्देनले बताए । आत्मनिर्णय अधिकारसहितको लिम्बुवान स्वायत्तताको आन्दोलनलाई तिब्र बनाउन प्रचाररात्मक अभियानलाई परिषदले झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका गाँउ गाँउ सम्म पुर्‍याउने अध्यक्ष लिङ्देनले बताए ।

No comments: