News

Nov 22, 2010

राष्ट्रसंघीय उच्चटोली पालुङटार आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

पालुङ्टार (गोरखा), मंसिर ६ - सशस्त्र द्वन्द्व र बालबालिकासम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यटोलीका प्रमुख मेक्सिकोका क्लाउड हेलरको नेतृत्वमा नेपाल आएको छ सदस्यीय प्रतिनिधिमण्डल मंगलबार माओवादीको बिस्तारित बैठकस्थल गोरखाको पालुङटार आउने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुनलगायतका नेतसंग शान्ति प्रक्रिया र बहिर्गमन भइसकेका कम उमेरका लडाकुको भविश्यबारे छलफल गर्न राष्ट्रसंघीय टोली यहा आउन लागेको हो । माओवादी शीर्ष नेताहरु केन्दि्रय कमिटीको बिस्तारित बैठकका लागि पालुङटारमा व्यस्त भएकाले उनीहरुलाई भेट्न राष्ट्रसंघीय टोली यही आउन लागेको हो ।
'खासगरी बर्हिगमन भइसकेका हाम्रा जनसेनाका कम उमेरका अप्रमाणित लडाकुको भविश्यका विषयमा छलफल हुनेछ,' सैन्य इन्चार्ज पुनले भने, 'संगसंगै शान्ति प्रक्रियासम्बन्धी जनसेनाको समायोजन र पुर्नस्थापनाबारे पनि छलफल हुनेछ ।'
नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) का प्रवक्ता कसमस विश्वकर्माले हेलर नेतृत्वको प्रतिनिधि मण्डल राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट आइतबार काठमाडौ आइपुगेको जानकारी दिए । अनमिनको हेलिकोप्टरले आइतबार नै पालुङटारमा 'रेकी' उडानसमेत भरेको छ । 'कुनै नयाँ स्थानमा अतिथि लानुअघि परीक्षण उडान भर्ने गरिन्छ । त्यसैका लागि आएको हो,' क्याप्टेन प्रकाश आचार्यले आइतबार दिउँस एक बजे पालुङटारस्थित पुरानो विमानस्थलमा भने ।

No comments: