News

Nov 14, 2010

माओवादी बैठकका लागि दुई करोड सरकारी खर्च

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोरखा, गोरखामा हुन लागेको एकीकृत नेकपा माओवादीको विस्तारित बैठकस्थलको पूर्वाधार निर्माणमा करिब २ करोड रुपियाँ सरकारी खर्च हुने भएको छ। बैठकका लागि निर्धारित स्थल गोरखाको पालुङ्टार गाविसस्थित तान्दानटारसम्ममा सडक खानेपानी विद्युत् र साचारसुविधा व्यवस्था गर्ने क्रममा सो खर्च लाग्ने भएको सम्बन्धित कार्यालयहरुले जनाएका छन्। मस्र्याङ्दी नदीको किनारदेखि बैठकस्थलसम्म पुग्ने ग्रामीण कच्ची सडकको स्तरोन्नति त्यससँग जोडिएको सडक मर्मत र नयाँ ट्रयाकसमेत खुल्ने कार्यमा करिब १ करोड ५० लाख रुपियाँ खर्च हुने भएको ११ किलो छेपेटार वारपाक सडक आयोजनाको कार्यालय गोरखाले जनाएको छ। त्यस्तै सो बैठकस्थलमा साचार सेवालाई प्रभावकारी बनाउन नजिकैका जीएसएम र सीडीएमए टावरहरुको क्षमता विस्तारका क्रममा १७ लाख रुपियाँ खर्च हुनेभएको टेलिकम गोरखाले जनाएको छ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका अनुसार दुई छुट्टाछुट्टै मुहानबाट पानी ल्याएर खानेपानी नुहाउने पानी र शौचालयमा प्रयोगका लागि समेत हुने पानी व्यवस्था गर्नका लागि करिब ७ लाख रुपियाँ खर्च लाग्ने भएको छ। गोरखाको पालुङटार गाविसस्थित बाह्रपिर्के बजारदेखि बैठकस्थलमा विद्युत् क्षमतावृद्धि गरी थ्री फेजको लाइन विस्तार कार्यको लागि करिब १६ लाख खर्च हुने नेपाल विद्युत् प्राधिकरण गोरखाले जनाएको छ।

No comments: