News

Nov 22, 2010

अराजक सभासदमाथि कारबाही गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं

राजनीतिक दलसँग आबद्ध युवा र विद्यार्थी सङ्गठनले शुक्रबार व्यवस्थापिका संसदभित्र अराजक क्रियाकलापमा संलग्न सभासद्लाई कारबाही गर्न माग गर्दै सभामुख सुवास नेम्बाङलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।युवा तथा विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलबाट विरोधर्‍याली गर्नाका साथै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले दलहरूबीच पूर्वसहमतिअनुसार बजेट प्रस्तुत गर्नलाग्दा ‘अराजक’ क्रियाकलापमा संलग्न हुने सभासद्लाई कारबाही गर्न सभामुखसमक्ष आग्रह गरिएको जानकारी दिनुभयो ।ज्ञापनपत्र बुझ्दै सभामुख नेम्बाङले संसदभित्र अराजक गतिविधिमा संलग्न सभासद्लाई प्रक्रिया पुर्‍याएर कारबाही गरिने बताउनुभयो ।युवा सङ्घ नेपालका अध्यक्ष बस्नेतको संयोजकत्वमा २० जनाको समूहले सभामुख नेम्बाङलाई ज्ञापनपत्र बुझाएको थियो ।

No comments: