News

Nov 18, 2010

उमेरको छैन छेकबार एसियाली खेलकुदमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ग्वान्जाउ/ दक्षिण कोरियाली एसियाली खेलकुद टोलीमा समावेश चेस खेलाडी किम ते गोङको उमेर मात्र ११ वर्षको छ । ग्वान्जाउमा खेल्न आएका सबैभन्दा बूढा खेलाडीको तुलनामा उनी झन्डै पाँच दशकपछि जन्मिएकी हुन् । एसियाली खेलकुदको १६औँ आयोजनामा पनि कुनै खेलाडीलाई उमेरको हदबन्दीका आधारमा रोकिएको छैन । यो एसियाडमा विभिन्न ४२ खेलमा आपनो क्षमता देखाउन १० हजारभन्दा बढी खेलाडी ग्वान्जाउ पुगेका छन् ।
पौडी र जिम्न्यास्टिकमा सदाझैँ युवा खेलाडीकै बाहुल्यता छ, तर चेस र जियांग्वीमा पाका खेलाडीहरूको पनि सहभागिता छ ।दक्षिण कोरियाको चेस टोलीमा सहभागी तीन फुच्ची खेलाडीमा किम पनि एक हुन् । सो टोलीमा १२ वर्षका लिम हाक युङ तथा सुङ वोन पनि छन् ।
एसियाबाट खेल्ने सक्रिय महिला खेलाडीको बरियता क्रममा सात सय ३२औँ स्थानमा रहेकी किम केही दिनपछि १२औँ जन्मदिन मनाउने ताइवानकी जियांग्वी खेलाडी पेङ जु आनभन्दा केही कान्छी मात्रै छिन् । आनले १६औँ एसियाड सम्पन्न हुने दिन, २७ नोभेम्बरमा आपनो जन्मदिन मनाउने छिन् ।
आनको तुलना मलेसियाका जियांग्वी टोलीका खेलाडी ले काम होकको नातिनीसँग गर्न मिल्छ । हाल ६६ वर्ष पुगेका होक १९५१ मा एसियाली खेलकुदको पहिलो संस्करणको आयोजना हुँदा सात वर्षका थिए ।
'अन्य खेलाडीसँग आप\mनो तुलना गर्ने हो भने यहाँ जियांग्वी खेल्न आएका सबै खेलाडी पाका तथा अनुभवी छन्, त्यसैले म केही नर्भस पनि बनेकी छु । यो खेल सकिएपछि सबैले आफूलाई मभन्दा राम्रो खेलाडी पनि प्रमाणित गर्नेछन्,' महिला एकल स्पर्धामा सहभागी पेङले भनिन् । चेसका कलिलाका खेलाडीहरूको धारणा पनि त्यस्तै छ ।
पौडीपोखरीमा चीनले सबैलाई कमजोर बनाइरहेको छ तथा त्यहाँ पनि प्रायःसजो सबै चिनियाँ खेलाडी कलिलै देखिन्छन् । यसले भविष्यमा चीनको पौडी खेलको भविष्यसमेत बताउँछ । चीनकी १४ वषीया ये सिवेनले महिला चार सय मिटर इन्डिभिजुयल मेडलेमा स्वर्णपदक जितेकी छिन् भने सो स्पर्धामा दोस्रो भएकी ली जान्जुको उमेर १६ वर्षको छ, ती दुवै खेलाडी २०१२ को लन्डन ओलम्पिकमा समेत स्वर्ण जित्ने अभियानमा छन् । पूर्वी चिनियाँ सहर हान्जाउकी सिवेनले ६ वर्षको उमेरमा पौडी सिकेकी थिइन् । यद्यपि, उनी अब कडा अभ्यास गर्नु पनि बताउँछिन् । उता मकाउका गल्फ खेलाडी ओ का वोइको उमेर पनि मात्र १३ वर्षको छ । उता बंगलादेशी चेस खेलाडी रानी हमिद भने १९४४ मा मलेसियाका ला काम होकभन्दा एक महिनाअघि जन्मिएकी थिइन् । तीनपटक बि्रटिस ओपन महिला च्याम्पियन बनेकी हमिदले १८५ मा विश्व चेस महासंघबाट महिला इन्टरनेसल मास्टर उपाधि पनि पाएकी छन् ।

No comments: