News

Nov 16, 2010

तीन लिम्बुवानबीच कार्यगत एकता गर्ने सह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, कार्तिक ३० - तोकिएको समयमा संविधान नबन्ने संकेत देखिएको जनाउदै आत्मनिर्णय अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न निर्णायक आन्दोलनका लागि पूर्वमा क्रियाशील तीन लिम्बुवान संगठनबीच कार्यगत एकता गर्ने सहमति भएको छ । झापाको विर्तामोडमा मंगलबार तीन संगठनका शीर्ष नेताहरु बीच भएको छलफल पछि मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, संजुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद र लिम्बुवान मुक्ती मोर्चा वीच कार्यगत एकतामा सहमति भएको हो । सहमति पछि आगामी आन्दोलनका रणनितिक योजना र अन्य प्राविधिक पक्षलाई मिलाउन थप एक साता सम्म छलफल गर्ने पनि सहमति भएको छ । तीन संगठन वीच सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेकाले कार्यगत एकता गरिएको मंच सम्बद्ध परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले बताए । अरुणपुर्व नौजिल्लालाई जातिय ऐतिहासिक आधारमा लिम्बुवान स्वायत्त राज्यको रुपमा स्थापना गर्न संयुक्त मोर्चा बनाएर शान्तिपुर्ण आन्दोलन गर्ने सहमति भएको लिङ्देनले बताए । परिषदका अध्यक्ष संजुहाङ पालुङ्वाले संविधान बनाउने बेलामा अनावश्यक विवादमा अल्झेका तीन दलले अन्तिम अवस्थामा आफु अनुकुलको संविधान बनाएर झारा टार्ने संकेत देखिएकाले निर्णायक अान्दोलनका लागि तीन लिम्बुवान मोर्चा वीच कार्यगत एकता गर्नु परेको बताए । लिम्बुवानको लागि अढाइ दशक अघि देखि नै संघर्षरत लिम्बुवान मुक्ती मोर्चाका अध्यक्ष वीर नेम्बाङले तीन संगठनको समान उदेश्य पुरा गर्न कार्यगत एकताको विकल्प नरहेको बताए ।

No comments: