News

Nov 14, 2010

सात दलको बैठक निष्कर्ष बिहीन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक २८ - प्रधानमन्त्री निर्वाचनलाई सार्थक बनाउन सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल गर्न बसेको सात दलको बैठक माओवादी र काँग्रेसको आ–आफ्नै अडानका कारण बिना निष्कर्ष सकिएको छ । सभामुख सुभाष नेम्वाङले सर्वोच्चको सुझावबारे दलहरुले आफू अनुकुल व्याख्या गर्न थालेपछि आइतवार प्रमुख सात दलको बैठक बोलाएका थिए । बैठकमा काँग्रेसले सर्वोच्चको फैसला अनुसार प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई निर्विरोध प्रधानमन्त्री घोषणा गर्नुपर्ने अडान राखेको थियो भने माओवादीले प्रकृयालाई नै टुङ्ग्याएर नयाँ प्रकृयामा जानु पर्ने बताएका थिए । एमालेका सचेतक भीम आचार्यका अनुसार एमालेले भने लोकतान्त्रिक विधि अनुसार विषयलाई टुङ्गोमा पुर्याउनु पर्ने धारण राखेको थियो । 'भोली हुने तीन दलको बैठकमा यस विषयलाई लैजाने भएको छ' उनले भने । सभामुखको कार्यकक्ष सिंहदरबार सातका शीर्ष नेतृत्व लगायत प्रमुख सचेतकहरुसँग कांग्रेसको माग र सर्वोच्चको फैसलाबारे छलफल भएको थियो । छलफलका लागि एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बैठकमा सहभागी थिए । प्रधानमन्त्रीको १७ औं निर्वाचन सोमबार हुँदैछ ।

No comments: