News

Nov 15, 2010

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्नुभएको छ। उहाँ अपरान्ह जेट एअरको विमानबाट काठमाडौंबाट सिधै मुम्बई पुग्नुहुने कार्यक्रम छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा ज्ञानेन्द्रले आफ्नो भ्रमण निजी र पारिवारिक रहेको बताउनुभयो।पूर्व राजालाई विदाइ गर्न पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी विमानस्थल पुग्नुभएको थियो। राजस्थान जोधपुरका महाराजा गजसिंहकी छोरीको बिहेको अवसर पारेर शाह भारत जान लाग्नु भएको हो। गजसिंह उहाँकी फुपु प्रिन्सेस नलिनीका छोरी ज्वाईँ हुन्।शाह बुधबार मुम्बईबाट जोधपुर जानुहुने बताइएको छ। उहाँका साथ पूर्वरानी कोमल र स्वकीय सचिव सागर तिमल्सिना तथा अंगरक्षक हुनुहुन्छ।शाह मंसिर तीन गते भारतको राजधानी नयाँ दिल्ली पुग्नु हुने कार्यक्रम रहेको छ। सो अवसरमा शाहले राजनीतिक भेटवार्ता समेत गर्नु हुने बताइएको छ।भारत भ्रमणका क्रममा मुम्बई, जोधपुर र सिमलाका विभिन्न मन्दिरमा गई पूजा गर्ने कार्यक्रम समेत रहेको बताइएको छ। उहाँ दुई सातापछि काठमाडौं फर्कनु हुने बताइएको छ।

No comments: